Logo बैशाख ३१, २०७८ शुक्रबार


विमला वली माओवादी केन्द्रमा प्रवेश, एमालेले गुमायो बहुमत

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। उहाँ माओवादीमा प्रवेश गरेसँगै प्रदेशमा आगामी चुनावसम्म एकल बहुमतको सरकारको नेतृत्व गर्ने सुरमा रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाउनुभएको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाबाट उपचुनाव जितेर प्रदेशसभा सांसद हुनुभएको थियो।

एमाले र माओवादी एकीकरण भएर बनेको तत्कालीन नेकपा फेरि माओवादी र एमालेमा विभाजित भएपछि उहाँ कुन दलमा आबद्ध हुने तय भएको थिएन। उहाँको आबद्धता टुंगो नलाग्दै एमालेले उहाँलाई समेत समावेश गरी आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो।

दाङ प्रदेशसभा ३ (ख) की सांसद विमला वलीले आफूलाई माओवादीले नै जिताएकोले पार्टी प्रवेश गरेको बताउनुभएको छ ।

पति उत्तमकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उहाँलाई उपनिर्वाचनमा उठाएर जिताएको थियो। सवारी दुर्घटनामा ज्यान गुमाएका वली एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…