Logo बैशाख ३१, २०७८ शुक्रबार


चार सांसदकाे रिट दर्ता गर्न सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ। पार्टीले गरेको कारबाहीविरुद्ध आज रिट दर्ता गर्न सर्वोच्च पुगेका चार सांसदको रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।

प्रदेशसभामा जनता समाजवादी पार्टीको तर्फबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफूलाई पार्टीले गरेको कारबाहीविरुद्ध रिट दर्ता गर्न आज सर्वोच्च अदालत पुगेका थिए।

कोरोना संक्रमणका कारण यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सबै सेवा स्थगन गरिसकेकाले उहाँहरुको रिट दर्ता हुन नसके हो ।

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार कोरोना संक्रमणका कारण सेवा स्थगित भएकाले लुम्बिनी प्रदेशका ४ सदस्यको रिट दर्ता भएन। सर्वोच्च स्रोतका अनुसार कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उहाँहरुको रिट आज दर्ता नभएको र फिर्ता पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…