Logo बैशाख ३१, २०७८ शुक्रबार


लुम्बिनी प्रदेशमा एमाले इत्तरका चार दलको दाबी, मुख्यमन्त्रीमा केसी

काठमाडौं । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीको दाबेदारी पेश गर्नुहुने भएको छ ।

एमालेका तर्फबाट पुनः मुख्यमन्त्रीमा नियुक्त हुने शंकर पोखरेलको भन्दा आफ्नो पक्षमा बढी सांसद रहेकाले मुख्यमन्त्रीमा केसीले दाबेदारी प्रस्तुत गर्न लाग्नुभएको हो । केसीले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफू पक्षका ४० सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्न लाग्नुभएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले बताउनुभयो ।

नेकपाबाट निर्वाचित विमला वली आजै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेलसँग एमालेका ४० सांसद बाँकी रहेका छन् । यो सरकार बनाउन आवश्यक बहुमतभन्दा एक संख्या कम हो । त्यसमा पनि एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षले पोखरेलाई समर्थन नगर्ने प्रबल सम्भावना छ ।

मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँगभन्दा बढी सांसद रहेकाले मुख्यमन्त्रीमा दाबी गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…