Logo ८ श्रावण २०७८, शुक्रबार


‘मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुन्छ’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुने सम्भावना बढेको छ ।

आफ्नो पक्षमा ४२ सांसदहरुको समर्थन रहेको देखाएर पोखरेलले आइतवार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा पुनः नियुक्ति लिनुभएको थियो । तर माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्रीमा नियुक्त पोखरेलको नियुक्ति बदर हुने दाबी गर्नुभएको हो । पोखरेलले एमाले इत्तरका सांसदहरुको समेत हस्ताक्षर देखाएर मूख्यमन्त्रीमा पुनःनियुक्त हुनुभएको घर्तीले दाबी गर्नुभयो ।

अध्यक्ष घर्तीले आफूहरुको पक्षमा ४२ जना सांसदहरु सशरीर उपस्थित रहेको बताउनुभयो । अबको रणनीतिकाबारेमा छलफल भैरहेको बताउदै उहाँले ४२ जनाले आजै प्रदेश प्रमुखको सचिवालयमा गएर सरकारमा दाबी गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । बहुमत सांसदहरुले निवेदन दिएपछि पोखरेलको मुख्यमन्त्री पद स्वतः बदर हुने उहाँको जिकिर छ ।

यता एमालेका सांसदहरु दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले पनि आजै राजीनामा दिएको घोषणा गरेका छन् । यसले मुख्यमन्त्रीमा नियुक्त पोखरेल थप अप्ठ्यारोमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…