Logo बैशाख २९, २०७८ बुधबार


४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले इत्तरका दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दावी पेश गरेको छ ।

नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दावी पेश गरिएको हो । प्रदेश प्रमुख धर्म यादवको सचिवालयमा पेश गरिएको प्रस्तावमा ४२ सांसदले हस्ताक्षर गरेका छन् ।

यसैबीच शंकर पोखरेललाई मुख्यमन्त्री पुनः नियुक्त गरेपछि विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । उनीहरुले पोखरेललाई शपथ नगराउन चेतावनी दिएका छन् । विपक्षी दलहरुले बहुमत नपुगेको पार्टीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

आइतवार नै एमालेका तीन सांसदले राजीनामा दिएपछि एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…