Logo बैशाख २८, २०७८ मंगलबार


आन्तरिक उडान संख्यामा भारी कटौती, कुन एयरलाइन्सलाई कति अनुमति ?

काठमाडौं । सरकारले आन्तरिक उडान संख्या कटौती गर्नेे भएको छ ।

आज वायुसेवा सञ्चालक संघ र त्रिभुवन विमानस्थलबीच भएको छलफलपछि उडान संख्या कटौती गर्ने सहमति भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा भीड कम गर्न उडान कटौती गर्न लागेको जनाएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंमा बढीमा दैनिक ३६ उडान हुनेछन् । जसअन्र्तगत बुद्ध एयरले १८ वटा उडानको अनुमति पाएको छ भने यति एयरलाइन्सले १० वटा, श्री एयरलाइन्सले ५ वटा उडानको अनुमति पाएका छन् ।

त्रिभुवन विमानस्थलले २ वटा उडानबीच कम्तीमा २० मिनेटको ग्याप राखिने जनाएको छ ।

१ घण्टामा बढीमा ३ वटा उडान हुनेछन् । यता कोभिड १९ संकट ब्यवस्थापन केन्द्र सीसीएमसीले भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोक्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

आगामी मन्त्रिपरिषद बैठकले हवाइ उडानको बिषयमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …