Logo बैशाख २९, २०७८ बुधबार


‘जन्मदिनमा वृक्षाराेपण अभियान’ विश्वलाई नयाँ सन्देश

काठमाडौं । सञ्चारकर्मी रोजी ढकाल पराजुलीले जन्मदिनमा वृक्षरोपण अभियानले विश्वलाई नयाँ सन्देश दिने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्दै पराजुलीले यो अभियानले विश्वलाई रचनात्मक र सकारात्मक सन्देश दिने बताउनुभएको हो ।

सञ्चारकर्मी पराजुलीले मानिसमा पैदा भएको नकारात्मक विचारको अन्त्य गरी सकारात्मक सोच र असल कर्मको विकास, प्रकृतिको अवैध दोहन निरुत्साहित गरी प्रकृति र सम्पूर्ण प्राणीको हित, रक्षा र प्रदुषणयुक्त वातावरणलाई स्वच्छ बनाउन उत्प्रेरित गर्ने अभियानको उद्देश्य वर्तमान अवस्थामा संसारकै लागि उदाहरणीय रहेको बताउनुभयो ।

‘यो अभियानले नयाँ र सकारात्मक सन्देश दिनेछ’, पराजुलीले भन्नुभयो, ‘प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, असल र सभ्य संस्कारलाई प्रोत्साहन जन्मदिनमा वृक्षरोपण अभियानलाई अगाडि बढाउन र अभियानलाई सफल बनाउन मैले वृक्षरोपण गरेर जन्मदिन मनाएको हो ।’

विरुवा रोपेर जन्मदिन मनाउने संस्कारलाई नेपाली मौलिक संस्कारको रुपमा विकास गरी अन्तर्राष्ट्रिय जगतमा समेत प्रकृति जोगाउन, वातावरण स्वच्छता कायम राख्न सकारात्मक सन्देशको रुपमा प्रवाह पवित्र कामको लागि सरकारले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपालीलाई यो पवित्र अभियानमा भरपुर साथ सहयोग गरी दिनुहुन उहाँले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…