Logo बैशाख २८, २०७८ मंगलबार


आईपीएल: पञ्जाबलाई पराजित गर्दै दिल्ली तालिकाको शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न भएको खेलमा दिल्लीले पञ्जाब किङ्समाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

पञ्जाबका लागि कप्तान मयंक अग्रवालले अविजित रहँदै सर्वाधिक ९९ रन बनाउँदा डेविड मलानले २६ रन बनाए। त्यस्तै, क्रिश गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन जोडे। दिल्लीका लागि कगिसो रबाडाले ३ तथा अभेस खान र अक्षर पटेलले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले अविजित रहँदै ६९ रन बनाउँदा पृथ्वी शले ३९ रन जोडे। त्यस्तै, स्टिभ स्मिथले २४, शिम्रोन हेटमायरले १६ र रिसब पन्तले १४ रन बनाए। पञ्जाबका राइली मेरेडिथ, क्रिश जोर्डन र हरप्रीत ब्रारले १/१ विकेट लिए।

आठ खेल खेलेको दिल्लीले ६ खेलमा जित निकाल्दै १२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको पञ्जाब ३ खेलमा मात्रै जित निकाल्दै छैटौँ स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …