Logo जेठ ३, २०७८ सोमबार


कोरोना बीमा असारपछि बन्द हुने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएपछि बीमा समितिले कोरोना बीमालेखको कारोबार बन्द गर्ने भएको छ । समितिले आर्थिक वर्ष २०७८/ ७९ अर्थात् असार मसान्तपछि कोरोना बीमालेखको कारोबार बन्द गर्ने भएको हो ।

समितिले गतवर्षको वैशाखमा कोरोना बीमालेख जारी गरेर बीमा कम्पनीलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा भने बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…