Logo बैशाख २९, २०७८ बुधबार


उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित भएमा उपचार खर्च सरकारले व्यहोर्ने

धनुषा । कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

कोरोनाको दोश्रो लहर भयावहरूपमा बढेको देखेपछि आइतबार मुख्यमन्त्री लालबावु राउतको अध्यक्षतामा बसेको प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले भविष्यमा बढ्न सक्ने संक्रमितको चापलाई दृष्टिगत गरी प्रदेशभित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको छ ।

साथै प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…