Logo बैशाख ३१, २०७८ शुक्रबार


मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार (भोलि) देखि  सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।निषेधाज्ञा कडा बनाउँदै जिल्लामा यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गर्नुभएको आदेशमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।

वैशाख २१ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते रातको १२ बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ । सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…