Logo बैशाख ३१, २०७८ शुक्रबार


कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

काठमाडौं । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताउनुभयो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ।

त्यसैगरी नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ । टोखाले बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ ।

नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना संक्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…