Logo जेठ ३, २०७८ सोमबार


स्वास्थ्य सतर्कता अपनाएर काम गर्ने वातावरण मिलाउन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गर्नुभएको छ । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रम पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गर्नुभएको हो ।

पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पत्रकार महासंघले कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् । कोही पनि साथीले तोकिएको सेवा सुविधाबाट आफूलाई वञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् । र सबै सञ्चार संस्थाहरुले त्यहाँ काम गर्ने सबै श्रमजिवीहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण मिलाओस् । र उहाँहरुको पेशागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि प्रतिवद्धता जनाओस् भनेर हामीले अपिल गरेका छौँ ।’

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पुर्याएको बताउनुभयो । महामारीको वीचमा पनि पत्रकारहरुले जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उहाँको भनाइ छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई बिस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गर्नुभयो । कोरोना बाहानामा सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ । पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उहाँले बताउनुभयो ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक पत्रकार महासंघले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…