Logo जेठ ३, २०७८ सोमबार


वैशाख २७ अघि काठमाडौं नछोड्न सांसदलाई महन्थ ठाकुरको निर्देशन,ह्वीप लगाउने तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अबको दशदिन काठमाडौं नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

केपी शर्मा ओलीलाई सहयोग गर्दै सरकारमा जाने तयारी रहेको ठाकुर पक्षले अबको दश दिन काठमाडौंमा रहन सांसदहरुलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । यही प्रयोजनका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ मा प्रतिनिधिसभाको वैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने उदेश्यले ठाकुरले आफू निकटका सांसदहरुलाई काठमाडौँ नछाड्न र काठमाडौँ बाहिर भए तत्काल काठमाडौँ आउन पनि निर्देशन दिनुभएको हो ।

ठाकुर निकटका एक सांसदका अनुसार ठाकुरले २७ गतेको संसद् बैठकमा आउन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप लगाउने तयारी समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…