Logo बैशाख २८, २०७८ मंगलबार


आइपिएल : कोलकाता र बेंग्लोरबीच आज हुने खेल स्थगित

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको छ। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोरोनाका कारण रद्द भएको हो।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्समा कोरोनाको संक्रमण देखिएपछि खेल रद्द गरिएको छ। कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार स्थगित गरिएको म्याचलाई पछि खेलाइने छ।

आइपिएल सुरु हुनुअघि पनि कोलकाताका नितिश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए।

कोरोना संक्रमण बढेको अवस्था केही खेलाडीहरू आइपिएलबाट हटेका पनि छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …