Logo बैशाख ३१, २०७८ शुक्रबार


नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले महामारीका कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्नेमा सरकार सचेत र संवेदनशील भएको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणका समयमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,शव व्यवस्थापक,चालक लगायतका लागि आगामी एक वर्षसम्म उनीहरुले पाउदै आएको तलब सुविधाको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने बताउनुभयो ।

उहाँले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको सुझाव विज्ञहरूको रहेकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको बताउनुभयो ।

यसका लागि प्रदेशसँग समन्वय गर्नका निम्ति संघीय सरकारका सात मन्त्रीलाई फोकल पर्सन तोकिएको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश १ को संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फे, त्यस्तै प्रदेश २ मा शहरी विकासमन्त्री प्रभु साह, बागमतीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री अर्याल, लुम्बिनीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योगमन्त्री लेखराज भट्ट तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…