Logo बैशाख २९, २०७८ बुधबार


पत्रकारले बनाए पाँच बेडको आइसोलेशन सेन्टर

सनीउल्ला धोवी
कपिलवस्तु । जिल्लाका पत्रकारले पाँच बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको हो ।

केन्द्रीय निर्देशन बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधि सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिनुभयो ।

यसका लागि तोलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री औषधि र कपिलबस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

आइसोलेशन सेन्टर निर्माणकार्यमा नेपाल पत्रकार महासघं
लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रदेश सदस्य गोपाल भणडारी, कपिलवस्तु कार्यसमितिका पदाधिकारी लगायतकाले सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…