Logo बैशाख २८, २०७८ मंगलबार


घरमा राखिएका जगेडाका अक्सिजन फिर्ता गर्न आग्रह

काठमाडाैं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गर्नुभएको छ । अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेकाले ति सबै फिर्ता गर्न अध्यक्ष बस्नेतले बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो । सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरुले आफूसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ ।

यस्तै, अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिण्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताउनुभयो । ठुला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ । उहाँले भन्नुभयो, ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिण्डर होल्ड भएर बसेको छ । ति सबै सिलिण्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’

अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । अक्सिजन उत्पादन उद्योगहरुलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …