Logo बैशाख २८, २०७८ मंगलबार


आईपीएल: खेलाडीलाई कारोना संक्रमण, बैंग्लोर र कोलकाताबीचको खेल स्थगित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको सोमबार राति हुने खेल स्थगित भएको छ । गएराति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको हो ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति माफृत जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमवार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेलको अर्को तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती र सन्दीप वारियरको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …