Logo बैशाख ३१, २०७८ शुक्रबार


मृत्युदर बढेपछि बागमती किनारमा शव जलाउन थालियो

काठमाडौं । सोमबार जनतासमाचार डट्कम मा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख राहत दिने घोषणा, मलामी गएका एकै गाउँका ३१ जना संक्रमित, बिहेको भोज खाएका ३५ बिरामी, देखियो यस्तो लक्षण र मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगायत शीर्षकका समाचार प्रकाशित गरिए ।

मंगलबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले बागमती किनारमै ‘चिता’, दक्षिण एसियाली मुलुकमा ‘सेफजोन’ मा भुटान र संख्यासँगै दायरा बढाउँदे दोस्रो लहरको कारोना लगायत शीर्षकका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

कान्तिपुर दैनिकले ‘उपत्यकामा सेनाले हजार शय्याको अस्पताल बनाउने’ शीर्षकको समाचार छापेको छ । समाचारमा सरकारले नेपाली सेनामार्फत काठमाडौं उपत्यकामा एक हजार शय्याको अस्थायी संरचनाको अस्पताल बनाउने घोषणा गरेको समाचारमा उल्लेख छ । समाचारअनुसार कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेका समाचारमा छापिएको छ ।

त्यसैेगरी पत्रिकाले ‘उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको समाचारमा छापिएको छ । समाचारअनुसार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयका सवारी पनि कटौती गरिने समाचारमा उल्लेख छ । पत्रिकाले लुम्बिनी प्रदेशमा जसपाबाट दुई मन्त्रीले लिए सपथ र एकैदिन ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ।

आजको नयाँ पत्रिका दैनिकले ‘छटपटाउँदा बिरामी बाहिरै, शव भने तीन दिनसम्म बेडमै’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा शव दुई–तीन दिनसम्म छेउमै रहँदा वरिपरिका बिरामी र स्वास्थ्यकर्मीसमेत मनोवैज्ञानिक तनावमा रहेको समाचारमा छापिएको छ । समाचारअनुसार नेपालगन्जजस्तै कोरोना ‘हट स्पट’ बनेको धनगढीको प्रादेशिक अस्पतालमा शव व्यवस्थापनमा समस्या भएको उल्लेख छ ।
‘मृत्यु बढ्न थालेपछि बागमती किनारमा शव जलाउन थालियो’ शीर्षकको अर्को समाचार पनि आजको नयाँ पत्रिकाले महत्वका साथ छापेकोे छ । समाचारमा उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले भष्मेश्वर घाटमा पाँचवटा ओदान थप्ने भएको समाचारमा उल्लेख छ । समाचारअनुसार केही दिनभित्रै थपिने ओदान विद्युतीय शव दहनगृहको पछाडि बागमती नदी किनारमा बनाइने समाचारमा छापिएको छ । पत्रिकाले ६० वर्षमा पहिलोपटक जनगणना स्थगित, सीमा सुरक्षामा विशेष विकास प्याकेज ल्याउन सशस्त्रको प्रस्ताव, र हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ।

आजको गोरखापत्र दैनिकले ‘स्पुतनिक’ भी खोप चीनमा उत्पादन गर्ने तयारी ‘शीर्षकको समाचार छापेको छ । समाचारमा रूसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको समाचारमा छापिएको छ । समाचारअनुसार हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग २ करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रूसले घोषणा गरेको समाचारमा उल्लेख छ । पत्रिकाले बङ्गलादेशबाट सातहजार डोज ‘रेम्डेसिभिर’ आज आइपुग्ने, अभाव नहुने, गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त र नारायणीकलीले छावा जन्माइन्, हात्तीसारमा खुसीयाली छायो लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।

र आजको नागरिक दैनिकले भने ‘दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल’ शीर्षकको समाचार छापेको छ । समाचारमा एकैसाथ दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई सिल गरिएको समाचारमा छापिएको छ । पत्रिकाले माओवादीको नाडी छाम्दै ओली, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख र सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…