Logo बैशाख २८, २०७८ मंगलबार


बाहिर निस्कने बाहना बनेपछि बुधवारदेखि बैंक र पसल बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञामा थप कडाइको तयारी गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार कञ्चनपुरमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा प्रशासनले थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने निर्णय गरेको छ । एउटा एटीएम र चेकबुक लिएर यात्रा गर्ने र प्रहरीले समात्यो भने बैंक जान लागेको भन्ने बाहाना बनाउने धेरै भएपछि बैंक पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बतायनुभयो । यस्तै तरकारी र फलफूल पनि सातामा ३ दिनमात्र बेच्न पाइने नियम बनाइएको महतोले जानकारी दिनुभयो ।

तरकारी खरिदमा पनि बाहाना बनाउने गरेको पाएपछि तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …