Logo जेठ ३, २०७८ सोमबार


नेपाल चीन–नाकामा उच्च सुरक्षा सतर्कता

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाका तातोपानी र रसुवागढीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुन चिनियाँ प्रक्षले आग्रह गरेपछि बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको उहाँको भनाई छ । कोभिड सुरक्षा सतर्कताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको छ ।

नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् । यस्तै, नेपाल–चीनबीचको अर्को व्यापारीक नाका तातोपानी संसारमा पनि उच्च सतर्कता अपनाईएको छ । नाकालाई कोभिडमुक्त बनाउन झण्डै पाँच सय जनशक्तिले खोपको मात्रा पूरा गरेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनभयो ।

सामान ओसार्ने कन्टेनरका चालक तथा सबै कर्मचारीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…