Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेभएपछि काँग्रेस आन्तरिक छलफलमा

काठमाडौँ । सभापति शेरवहादुर देउवाको आह्वानमा नेपाली काँग्रेसको पदाधिकारी वैठक अहिले बसिरहेको छ ।

देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरु सहभागी भएका छन् ।

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको निकट स्रोतले बताएको छ । वैठकमा कांग्रेसका अधिकांश प्रभावशाली नेताहरुको सहभागीता रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि भावी रणनीति तय गर्न सभापति देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइरहेको वैठकमा सहभागी एक नेताले जानकारी दिए।

ओलीले विश्वासको मत लिने निर्णय गरेपछि सोमबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…