Logo बैशाख ३१, २०७८ शुक्रबार


सोर्स र पहुँचका आधारमा अस्पताल भर्ना हुने बढेपछि चिन्ता

काठमाडाैं । आउँदा दिनमा कोभिडले हुने मृत्युको संख्या अझ बढ्ने संकेत देखिएको औंल्याउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठूलाबडा र पहुँच भएकाहरू पहिल्यै आत्तिएर आईसीयूमा बस्ने अवस्था देखिएको छ । आवश्यकता भएकालाई अस्पतालमा भर्ना गर्नै समस्या भएको छ ।’ ती अधिकारीका अनुसार अब विस्तारै बेड नपाएर, आत्तिएर र डराएर अझ बढी मृत्यु हुने जोखिमसमेत बढेको छ ।

अस्पतालमा चिकित्सकीय निर्णयका आधारमा भन्दा पनि सोर्स र पहुँचका आधारमा भर्ना हुने अवस्थाले गर्दा वास्तविक जटिल उपचारको खाँचो रहेकाहरूले उचित उपचार, बेड नपाएर मृत्युवरण गरिरहेको दाबीसमेत स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारीले गर्नुभएकाे छ ।

हाल पहिलाको दाँजोमा सबै उमेर समूहकाको कोभिडले मृत्यु भइरहेको जनाउँदै सेती अञ्चल अस्पतालका डा शेरबहादुर कमर भन्नुहुन्छ, ‘यस पटक हाम्रो क्षेत्रमा मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका बढी देखिएका छन् ।’ यस पटक कोभिडले उत्पन्न निमोनियाका बिरामी बढी भर्ना भइरहेको समेत उहाँले बताउनुभयाे ।

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार अत्यन्त गम्भीर अवस्थाका बिरामी अस्पताल आएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार अस्पताल आउने सबैलाई अक्सिजन आवश्यक देखिएको छ भने अधिकांश बिरामी निमोनिया लिएर अस्पताल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…