काठमाडौं । जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डेले कोरोना भाइरसको शक्तिभन्दा डरका कारण मानिस कमजोर भएको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै डा.पाण्डेले कोरोना भाइरसको शक्तिभन्दा हजारौँ गुणा डरका कारण हामी दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख गर्नुभएको हो ।उहाँले कोरोना संक्रमणबाट बच्च डर र त्रास भन्दा पनि आत्मविश्वास बलियो बनाउन आग्रह समेत गर्नुभएको छ । कोरोना संक्रमणबाट बच्न उहाँले विभिन्न सुझावहरु दिनुभएको छ ।यस्ता छन् उहाँका सुझावहरु:नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ, कोरोना संक्रमण ९५ प्रतिशतले सजिलै जितेको अवस्था छ भने बाँकी ४.४ प्रतिशतलाई अस्पतालका देवीदेवताले बचाएका छन् । कोरोना भाइरसको शक्तिभन्दा हजारौं गुना डरका कारण हामी दिनप्रतिदिन कमजोर बन्दै गएका छौँ । कोरोना संक्रमण भयो भने यी तीन अवस्था हुने हो ।१. सकभर संक्रमणबाट बच्ने हरसम्भव प्रयास गर्ने हो । घरमै बस्ने, बाहिर जानु परेमा अनिवार्य रुपमा सहि तरिकाले (नाक र मुख राम्रोसंग छोप्ने गरी) मास्क लगाउने, सम्भव भएसम्म ६ फिटको दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने । भाइरस सर्छ कि भनेर चिन्तित हुनु जरुरी छैन । चिन्ताले भाइरस नसर्ने होइन । व्यर्थ किन चिन्ता गर्ने ? किन पेनिक हुने ?२. यति गर्दागर्दै पनि संक्रमण सर्यो भने त्यसको सामना गर्नुको विकल्प छैन । संक्रमण भयो भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बस्ने तलको लिंक अनुसार आफ्नो आहार, बिहार, आचार र व्यवहारको पालना गर्ने हो । यसो गर्दा दुई हप्तामा ठिक हुन्छ ।यदि कडा लक्षण देखिए ( सास फेर्न गाह्रो हुने, ज्वरो ४.५ दिनसम्म आउने, खान खान नसक्ने, अक्सिजनको मात्रा ९२ भन्दा घट्ने, ओठ, नङ आदि निलो हुने, चक्कर लाग्ने आदि) तुरुन्तै अस्पताल जाने । अस्पताल गएपछि निको हुन्छ । नेपालमा एक हजार संक्रमितमध्ये जम्मा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश व्यक्तिसंग विविध स्वास्थ्य समस्या हुन्छन् । उपचारले उकेरा लगाएको जीवनलाई कोरोना भाइरसले फुकेर ढालेजस्तै हो । हामी कोरोना भाइरससंग डराएको हैन । मृत्यु तथा रोगसंग डराएको हो । रोग निको हुन्छ । मृत्यु शाश्वत छ ।३. कोरोना संक्रमण निको भएपछि खानपिन, शारीरिक अभ्यास र आत्मबल वृद्धि गर्ने हो । पत्रपत्रिका, इन्टरनेट, टेलिभिजन, सामाजिक संजाल तथा असामाजिक संजालमा दुर्लभ केसलाई लिएर पस्किएका डरलाग्दा कुराको विश्वास गर्नुहुँदैन । संसारमा लाखौँ वैज्ञानिक र विज्ञ छन् । उनीहरुले कोभिड लागेपछि कुन कुन अंगमा के असर गर्दो रहेछ भनेर अध्ययन गरेका हुन्छन्जु । न परिणाम प्राप्तिको लागि अनुसन्धान गरेका हुन्छन् । त्यस्तै रिपोर्ट निकाल्छन् ।सनसनीपूर्ण हल्लाको रुपमा कोरोना संक्रमण निको भएपछि फोक्सो, मुटु, कलेजो, किड्नी, मस्तिष्क, स्नायु आदि अंग खराब हुने, बच्चा नहुने, एक वर्षभित्र मृत्यु हुने, सधैको लागि दीर्घबिरामी हुने, मांशपेशी सँधै गल्ने, मानसिक समस्या हुने आदि अनेक कुरा प्रकाशन प्रसारण गरिरहेका हुन्छन् । हामीले ती कुरा हेर्ने, होला त नि भन्ने, चिन्ता गर्ने काम नगरौं ।जुनसुकै रोग पनि निको भएपछि केही हप्ता कमजोरी अनुभव हुन्छ । पौष्टिक खाना, शारीरिक सक्रियता, उच्च मनोबल, सकारात्मक सोच तथा आफ्नो कामको व्यस्तताले ती पार्श्व प्रभाव हराउँदै जान्छन् । समस्या देखियो भनेपनि त्यसको उपचार हुन्छ । उपचार गरे निको हुन्छ ।हरेक व्यक्तिको शरीर, रोगप्रतिरोधात्मक क्षमता तथा जीवनशैली फरक फरक हुन्छ । अमुक ठाउँका केहि व्यक्तिलाई परिक्षण गरेर बायस स्टडीबाट आएका कुरा हामीलाई पनि हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।।तसर्थ निको भएपछि भयो भयो भन्ने ठानेर आफ्नो जीवन सुचारु गर्ने हो । सूचना र समाचारको हाइ डोज नै तनाबको प्रमुख स्रोत हो । 'हाम्रो नन कोभिड जीवन निकै सुन्दर छ 'त्यो सुन्दर जीवन बाँच्ने अभ्यास गर्यौं भने हामी स्वस्थ र निरोगी हुन्छौं ' त्यसैले आउंदै नआएको समस्याको लागि फेक चिन्ता नगरौं' हुँदै नभएको कुराको डर नमानौं ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ १३:५८