Logo बैशाख ३१, २०७८ शुक्रबार


काेराेना कहर : ८ घण्टामा ४ संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकले बताएको छ। मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन्।

कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि उनीहरूलाई फिबर क्लिनिकमै भर्ना गरिएको थियो। बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षिय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयाे।

त्यस्तै, कन्चन गाउँपालिका–४ का २७ वर्षिया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो। वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकी बुटवल ९ का ५४ वर्षिया महिलाको पनि बुधबार बिहान ६ बजेर २२ मिनेट जाँदा मृत्यु भएको छ।

यस्तै, वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भई २१ गते अस्पताल भर्ना भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षिया महिलाको पनि उपचाररत अवस्थामा बुधबार बिहान ६ बजेर ३८ मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…