Logo बैशाख २९, २०७८ बुधबार


न्याय परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्व महान्यायाधिवक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भीक रहनुभएकाे थियाे । नेपालको न्यायपालिकाको विकासमा उहाँको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा विसं २००० मा जन्म भई काठमाडौँ कर्म थलो बनाउनुभएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…