Logo जेठ ३, २०७८ सोमबार


काेराेना कहर : ५२ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । देशभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेपछि स्थानीय प्रशासनहरूले ‘चेन ब्रेक’ गर्न भन्दै  काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीइ प्रशासनले बुधबार आज (बुधवार) बिहानसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे ।

थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको सीसीएमसीले जानकारी दिएकाे छ ।

निषेधाज्ञा हुनेमा सबैभन्दा सुदूरपश्चिमका जिल्ला रहेका छन् ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा तथा चितवनमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।

त्यस्तै, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक र गोरखामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।

काेराेना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि  बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु र तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।

त्यस्तै, संक्रमण र मृत्युकाे दर पनि बढ्न थालेपछि बारा, सिरहा र नवलपुरमा पनि निषेधाज्ञा जारी गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…