Logo जेठ ३०, २०७८ आइतबार


ओली–देउवा भेट : ओलीलाई विश्वासको मत नदिने देउवाको अडान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली विपक्षी नेता देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको हो ।

भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि देउवाले विश्वासको मत नदिने बताउनुभएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

यसअघि पनि वर्तमान ओली सरकारलाई विश्वासको मत नदिने बताउँदै आएको कांग्रेसले यसपटक पनि विश्वासको मत नदिने प्रष्ट पारेको छ ।

आज (बुधबार) देउवा निवास बूढानीलकण्ठ पुगेर ओलीले आफूलाई विश्वासको मत दिएर आफूसँग सहकार्य गर्न आग्रह गर्नुभएको थियो । तर, देउवाले पार्टीले समेत निर्णय गरिसकेको अवस्थामा अब विश्वासको मत दिन नसकिने बताउनुभएको थियो ।

आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने पनि देउवाले स्पष्ट पार्नुभएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…