Logo असार १, २०७८ मंगलबार


मन्त्री जुली र पूर्वमन्त्री रघुवीर दम्पत्तीमा कोरोना पुष्टि

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएकाे हाे ।

मन्त्री जुलीले आफू चिकित्सकको निगरानीमा रहेको तथा आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गर्नुभएकाे छ।

‘छिट्टै नै पूर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ सजग बनौं ‘ मन्त्री महतोले फेसबुकमा लेख्नुभएकाे छ।

केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो भने उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापामा पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।