Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमणबाट पूर्वमन्त्री पहाडीको मृत्यु

काठमाडाैं । कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ। सक्रमण देखिएपछि घर मै होम आइसोलेशनमा बसेका ७८ वर्षीय पहाडीको हिजो नेपालगन्जको भेरी अस्पतालमा भर्ना हुनुभएकाे थियाे।

उहाँको गएराति नै मृत्यु भएको जिल्ला अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयाे।

डोल्पा घर भएका पहाडी पछिल्ला दिनहरुमा नेपालगन्जमा बसोबास गर्दै आउनुभएकाे थियाे।

पहाडी २०३८ सालमा सूर्य बहादुर थापाको मन्त्री मण्डलमा निर्माण तथा यातायात सहायक मन्त्री बन्नुभएकाे थियाे भने २०५२ सालको शेरबहादुर देउवा मन्त्रिमण्डलमा पनि मन्त्री बन्नुभएकाे थियाे।

२०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गर्नुभएका उहाँ २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भई चुनाव जित्नुभएकाे थियाे। पछि कांग्रेस प्रवेश गरी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भू संरक्षण र आपूर्ति मन्त्री बन्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।