Logo जेठ ३०, २०७८ आइतबार


चाँगुनारायण अस्पतालका सबै चिकित्सकले दिए राजीनामा

भक्तपुर। कोरोना महामारीको दोस्रो लहरसँगै जनजीवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डाक्टरहरुले राजीनामा दिएका छन् ।

चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयाे ।

नगर अस्पताल सञ्चालनका लागि सञ्जित कुमार दास, सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्ति दिएको थियो ।

नगर अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरेपछि डाक्टरहरुले डराएर राजीनामा दिएको अधिकारीको भनाइ छ ।

अस्पताल प्रशासनले नेपाल सरकारले तोकेको सेवा सुविधा नगरपालिकाले दिन्छु भनेको तर, डाक्टरहरुले थप सेवा सुविधा माग गर्दै आएका थिए । त्यसैमा सहमति हुन नसक्दा राजीनामा दिएका हुन् । राजीनामा दिएका मेसु डा दासले आफ्नो आत्मसम्मान नहुँदा राजीनामा दिन बाध्य भएको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।