Logo असार १, २०७८ मंगलबार


वरिष्ठ गायक प्रेमध्वज प्रधानकाे निधन

काठमाडाैँ । गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उहाँलाई सुनधारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो ।

२०२० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागेका उहाँको ८३ वर्षको उमेरमा निधन भएको हो । आउँदो असारमा उहाँ ८४ वर्षमा प्रवेश गर्दै हुनुहुन्थ्याे । उहाँको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रधानले नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ मा समावेश ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसँग गाउनुभएकाे थियाे । उहाँले फिल्म ‘जीवन रेखा’ को ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ गीतमा पनि आवाज भर्नुभएकाे थियाे ।

उहाँको ‘तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत दर्शकमाझ लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…