Logo जेठ ३०, २०७८ आइतबार


निजी अस्पतालले बढी शुल्क लिएपछि सरकारी अस्पतालमा संक्रमितकाे भीड

काठमाडाैं । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ ।

कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो ।

अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र विहिबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ । विशेष गरेर उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ । साथै सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो ।

निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भएपनि सो समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दि शुल्क लिदै आएका छन् ।

निजी अस्पतालहरुको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…