Logo असार १, २०७८ मंगलबार


विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि

काठमाडाैं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाएपनिनेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको , कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ । उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताउनुभयो ।

हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् । २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन्

अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…