Logo असार १, २०७८ मंगलबार


कोरोना प्रभावितका लागि राहत प्याकेज माग

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना प्रभावितहरुका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

काँग्रेसको संगठन विभागले कोरोना प्रभावितहरुका लागि राहत प्याकेज ल्याउन माग गरेको हो

विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाका कारण नागरिकको अवस्था दयनीय भएकाले तत्कालै राहत प्याकेज ल्याउन माग गर्नुभएको हो ।

कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पूर्ण व्यापार, व्यवसाय बन्दको अवस्थामा रहेको र लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन‘ श्रेष्ठले आव्हान गर्नुभएको छ ।

संगठन विभागले स्वास्थ्य पुर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन पनि सुझाव दिनुभएको छ ।

‘पिसीआर परिक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएबाट पनि कोभिड १९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट देखिएको तर सरकार भने सत्ताको झिनाझपटमै अलमलिएको भन्दै काँग्रेसले सरकारको आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…