Logo असार १, २०७८ मंगलबार


वीरगञ्ज महानगरकी ८८ वर्षीया उपप्रमुखमा काेराेना संक्रमण पुष्टि

पर्सा। वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीमा काेराेन संक्रमण पुष्टि भएकाे छ ।

वीरगञ्जबाट प्राप्त पछिल्लाे रिपोर्टअनुसार वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ८८ वर्षीया शान्ति कार्कीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

१ सय ९२ जनाको स्वास्थ्य परीक्षण गराइएको नारायणी अस्पतालमा उपप्रमुख कार्कीसहित १ सय ५१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ ।

परीक्षण गराएकामध्ये संक्रमण पुष्टि ७८.६४ प्रतिशत भएको नारायणी अस्पतालले जनाएको छ ।

यो हालसम्म परीक्षण गराएकामध्य उच्च संक्रमण दर भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताउनुभयाे  ।

परीक्षण गराएकामध्ये ९५ पुरुष र ५६ जना महिला संक्रमित छन् । उनीहरूको उमेर समूह ६ वर्षदेखि ८८ वर्षसम्म छ । ८८ वर्षको उमेर समूहमा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की रहेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…