Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमण रोकथामका लागि ६० जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमणको महामारी रोक्न देशका ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

केही जिल्लामा पूरै र केही जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण देशैभर फैलिएकाले केही जिल्लाका स्थानीय प्रशासनले आज निषेधाज्ञा जारी गर्न लागेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको भनाइ छ ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही तथा जरिबाना गरिने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई जरिबाना गर्न थालिएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।