Logo असार १, २०७८ मंगलबार


बजेटमा राहतका कार्यक्रम ल्याउन पर्यटन मजदुरहरूको माग

रूपा घिमिरे
काठमाडाैं । पर्यटन क्षेत्रसँग आवद्ध मजदुरहरुको संगठनले आगामी नीति तथा कार्यक्रम व्यवसायीमुखी भन्दा पलायन हुने अवस्थामा पुगेका पर्यटन मजदुरमैत्री नयाँ कार्यक्रम ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।

कोरोना संकटका बीच नेपालको पर्यटन क्षेत्रलाई कसरी पूनर्संरक्षित गर्न सकिन्छ भन्ने विषयमा गरिएको भर्चुअल छलफलमा मजदुरहरुको संगठनहरुले श्रमिक मजदुरहरुलाई पलायन हुनबाट जोगिने गरी आउँदो बजेटमा राहतका कार्यक्रम ल्याउन माग गरेका हुन् ।

नेपाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एअरलाईन्स, कुरियर कार्गो तथा पुरातत्व मजदुर (युनिट्राभ नेपाल)को पहलमा सरकारले अघिल्लोे नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई ५० अर्बको राहत कोषको व्यवस्था गरेपनि कोष व्यवसायीमुखी मात्र भएको तर श्रमिकमुखी हुन नसकेको श्रमिक संगठनहरुले आरोप लगाएका छन् ।

युनिट्राभ नेपालका अध्यक्ष सुमन पराजुलीेले भूकम्पमा समेत पर्यटन क्षेत्रमा नदेखिएको समस्या कोरोनाले हाल निम्त्याएको भन्दै श्रमिकहरुलाई अहिले दैनिक हात मुख जोर्न समस्या भएकोप्रति पर्यटन बोर्ड र सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयोे । उहाँले सिजनमा व्यवसायीलाई समेत बचाउने मजदुर पलायन भए भोली पर्यटन क्षेत्र अस्तव्यस्त हुनेमा सचेत गराउँदै विना धितो विना व्याज श्रमिकहरुलाई परीचयपत्रको आधारमा ५ लाख ऋण दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

छलफलका क्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले पर्यटन क्षेत्रका श्रमिकहरुलाई अहिले नै संरक्षण गर्ने नीति सरकारले नल्याउने हो भने भोली पर्यटन क्षेत्रले गती लिएको समयमा श्रमिक अभावमा ठुलो क्षति व्यहोर्ने निश्चित रहेको बताउनुुुुभयो । पर्यटन क्षेत्रमध्ये पनि विशेषगरी साहसिक पर्यटनमा आवद्ध करिव ९ लाख आश्रितहरु रहेको र प्रत्यक्ष मजदुरहरु २ देखि ३ लाख रहेका छन् । तर कोरोनाका कारण लामो समयदेखि मजदुरहरु रोजगारविहीन छन् यसले स्थिती भयावह बन्ने र श्रमिकलाई यसै क्षेत्रमा टिकाई राख्न सरकारले अबको बजेटमा तिनलाई सम्बोधन हुने गरी राहतको कार्यक्रम ल्याउन पाण्डको माग छ ।

पर्यटन क्षेत्रमध्ये पनि साहसिक पर्यटन विशेष गरी विदशी पर्यटकहरुमा निर्भर छ । ट्रेकिङ गाइड फुडोमा शेर्पाले २० महिनादेखि बेरोजगार श्रमिकहरुले राज्यका तर्फबाट कुनै सहयोग नपाएकोमा गुनासो गर्नुभयो । पर्यटन क्षेत्रलाई संरक्षण र अभिभावकत्व दिने नेपाल पर्यटन बोर्डको तथ्यांक अन्सार हाल पर्यटन क्षेत्रले मासिक ७ अर्ब नोक्शानी व्यहोर्नपरेकोे छ ।

पर्यटन बोर्डका तर्फबाट बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मजदुरहरुको समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै समस्यालाई लिखित रुपमै योजना आयोग र पर्यटन मन्त्रालयमा पेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन र आफ्नो कार्यक्षेत्रमा पंजीकरण गराउन सुुझाव दिदै अबका दिनमा बाह्य पर्यटनको आशा गर्नभन्दा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिन ठोस योजना ल्याइने त्यसका लागि अनुशन्धानात्मक कार्यक्रम ल्याउन बोर्ड र मन्त्रालयले समन्वय गर्ने उहाँको भनाई छ ।

पर्यटकीय सिजनमा दैनिक पारिश्रमिकका रुपमा काम गर्ने पदयात्रा तथा पर्वतारोहण जस्ता पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने पर्वतारोही, पथपर्दशक तथा सम्पदा क्षेत्रमा काम गर्ने स्वतन्त्र टु्र गाईडहरुलाई समेत निश्चित मापदण्ड र कार्यविधी बनाई सम्वन्धित व्यवसायिक छाता संगठन र सम्वन्धित मजदुर युनियनको अग्रसरतामा सहुलियतमा कर्जाको भागिदार बनाउन सके पर्यटन क्षेत्रका यी महत्वपूर्ण सहयात्रीहरुलाई न्यायोचित हुने देखिन्छ ।

त्यस्तै डिजिटल टुरिजम र आन्तरिक पर्यटन प्रवर्द्धन गरी सिथिल पर्यटन क्षेत्रलाई पुुनः जागृत गर्न राष्ट्र सेवक कर्मचारी, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई कोरोनाको जोखिम अन्त्य भएपछि देश दर्शनमा प्रोत्साहित गरिने कार्यक्रम बजेटमा ल्याउन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।