Logo जेठ ३०, २०७८ आइतबार


नेपाल सुपर लिगमा शुक्रबार पाेखरा र चितवन भिड्दै

काठमाडाैं। नेपाल सुपर लिगमा आज लिगको पुछारका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबिनेपच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ ।

आज दुबै टिमका लागि गर या मरको अवस्थामा रहेको छ । किनकी दुबै टिमले आज बराबरी खेलेमा पनि प्रतियोगिताको शिर्ष चारको होडबाट बाहिरीनेछन । यदि पोखराले जित निकालेको खण्डमा शिर्ष चारमा पुग्ने झिनो आशा बाँकी हुनेछ । तर त्यसका लागि उसले अरुको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

लिगको अघिल्लो खेलमा धनगढीसँग दुई शुन्यले पराजित भएपछि पोखराको शिर्ष चारमा पुग्ने आशा केहि निराशामा परिवर्तन भएको थियो ।

यता चितवनका लागि लागि भने शिर्ष चारमा पुग्ने संभावना फलामको चिउरा चपाउनु सरह रहेको छ । चार खेलमा एक खेलपनि जित्न नसकेको चितवनको मात्र दुई अंक छ । उसले बाँकी दुबै खेल जितेको खण्डमा पनि शिर्ष चारमा पुग्नका लागि उल्लेख्य हुने छैन ।

चितवनले अरु टिमको नजितापनि हेर्नुपर्नेछ । भरत खवासको कप्तानीमा रहेको चितवन टिमले सुरुवातबाट नै राम्रो खेल्न सकेको थिएन । त्यसमा पनि कप्तान खवास पुर्ण रुपमा फिट छैनन् । यसको प्रत्यक्ष नोक्सानी टिमलाई भइरहेको छ ।

अहिलेसम्म पोखरा पाँच खेलमा एक जित दुई बराबरी र दुई हारका साथ पाँच अंकका साथ छैटौं स्थानमा छ भने चितवन चार खेलमा जितविहिन हुँदै मात्र दुई अंकका साथ लिगको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…