Logo जेठ ३०, २०७८ आइतबार


चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान

काठमाडौँ। प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ।

पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन्। उहाँहरुलाई एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिनुभयाे।

मन्त्रालयले आव २०७४/७५ देखि प्रत्येक वर्ष दुई अग्रज पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएकामा गत वर्ष कोरोना महामारीका कारण सार्वजनिक समारोह गरी पुरस्कार वितरण गर्न कठिनाइ भएको तथा यस वर्ष गरी चार पत्रकारलाई पुरस्कार एवं सम्मान गर्ने मन्त्रिस्तरीय बैठकबाट निर्णय गरिएको हो।

सो पुरस्कार प्रदान गर्नका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य रहेको समिति गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…