Logo असार ४, २०७८ शुक्रबार


संसद नै कोरोना संक्रमणको हट स्पट : कोरोना संक्रमित सांसदको संख्या २५ पुग्यो

काठमाडौँ । प्रतिनिधि सभाका २५ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवारसम्म कोरोना संक्रमित हुने सांसदको संख्या २५ पुगेको छ।

प्रतिनिधिसभाको २७ गते बस्ने विशेष अधिवेशनका लागि बुधबार गरिएको स्वाव संकलन पछि गरिएको परिक्षणबाट १४ जना सांसद संक्रमित भएका हुन्।

यसअघि नै संक्रमित भएर ११ जना सांसद घरमै आइसोलेसन तथा अस्पतालमा उपचार गराइ रहेका छन्। सचिवालय स्रोतका बुधबार संसद भवन पुगेर स्वाव दिने ६१३ जनामध्ये ६५ जनामा संक्रमण देखिएको हो।

जसमध्ये १४ जना सांसद हुन्। बाँकी ५१ जनामा कर्मचारी र पत्रकारको संख्या उल्लेख्य रहेको छ। केही सुरक्षाकर्मीसमेत संक्रमित रहेका छन्।

संक्रमित सांसद सबैभन्दा एमालेका रहेका छन् । १४ मध्ये एमालेका ८, कांग्रेसका २ र जसपाका ४ जना छन्।

ठूलो संख्यामा कोरोना संक्रमण देखिएसँगै संसद नै कोरोना संक्रमणको हट स्पट बन्ने भएको छ।

२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन चाहेको अवस्थामा यति ठूलो संख्यामा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा सचि

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…