Logo जेठ ३०, २०७८ आइतबार


काेराेना संक्रमणबाट पत्रकार दाहालकाे निधन

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट थप एक पत्रकारको निधन भएको छ। कोरोनाबाट संक्रमित बनेका पत्रकार दिनेश दाहालको शनिबार उपचारका क्रममा निधन भएको हो।

दाहाल यही वैशाख १० गते धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएका थिए। लगत्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

निमोनियासमेत देखिएपछि उनलाई सोही अस्पतालको आईसीयू कक्षमा राखेर राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दिवंगत दाहालका श्रीमती, एक छोरा र एक छोरी छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान जाने पत्रकारको संख्या ८ पुगेको छ। ६ सय ५० भन्दा बढी पत्रकारमा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।