Logo जेठ ३०, २०७८ आइतबार


काठमाडाैं महानगरद्वारा शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिवार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कोभिड महामारी तिब्र रुपमा विस्तार हुँदै गएर बिरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पार्नुभयोे । उहाँले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गर्नुभयो । उहाँले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिवद्धता जनाउनु हो ।

मेयर शाक्यले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसँग पनि महानगर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ । आज हामीले १० वटा भेन्टिलेटर प्रदान गरेका छौ । अन्य अस्पतालहरुलाई पनि भनिरहेका छौ महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौं भनेका छौ । हामीले सरकारी र सामुदायिक अस्पतालहरुलाई हामीले सहयोग गरिरहेका छौ । उनीहरुको सम्पर्कमा छौं । यो बाहेक कुनै पनि सहयोग तत्काल चाहियो भने काठमाडाैं महानगरपालिका पनि एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन म अनुरोध गर्दछु ।’

बिरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहाना महानगरको भएपनि अस्पतालहरुमा विरामीहरुको चाप बढेको उल्लेख गर्दै उहाँले आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिंगो देशलाई परिवार ठानेर विरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो । उहाँले महामारीमा बिरामीको उपचारका लागि विभिन्न भूमिकामा खटिने सबैलाई महानगरपालिाको तर्फबाट धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…