Logo जेठ ३०, २०७८ आइतबार


संक्रमितलाई सघाउन आजदेखि ‘हेल्लो डाक्टर’ सेवा शुरू

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासंघले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतवारदेखि हेल्लो डाक्टरको सेवा शुरू गर्न लागेको हो ।

यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन्।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासंघले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएको छ ।

प्रारम्भमा ५ जना डाक्टरबाट परामर्श थालनी गरिने छ । त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै संक्रमितले लिनसक्ने जनाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…