Logo असार १, २०७८ मंगलबार


लिग चरणकाे अन्तिम खेलमा काठमाडाैं र चितवन भिड्दै

काठमाडाैँ । प्रतिष्ठाको लडाईका साथ नेपाल सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स र एफसी चितवन आमनेसामने हुँदैछन ।

दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार खेल साँझ साँढे सात बजेबाट सुरु हुनेछ । प्रतियोगिताको प्लेअफमा पुगिसकेको काठमाडौं र बाहिरीसकेको चितवनविचको खेलको जित हारले कुनै फरक नपारेपनि काठमाडौंलाई अंक तालिकाको शिर्ष स्थानमा रहेर प्लेअफमा पुग्ने मौका हुनेछ ।

आजको खेलमा काठमाडौंले टिममा धेरै परिवर्तन गर्ने संभावना रहेको छ । यता चितवन पनि जितका साथ प्रतियोगिता टुंग्याउने योजनामा छ । जारी प्रतियोगितामा पाँच खेलमा एक जितपनि निकाल्न नसकेको चितवन अन्तिम खेलमा बाजी मार्ने लक्ष्यमा छन । यदि उसले आजको खेलमा पनि जित निकाल्न नसकेको खण्डमा प्रतियोगितामा एक खेलपनि नजित्ने चितवनमात्र एक्लो टिम हुुनेछ ।

उसको अहिलेसम्म पाँच खेलमा दुई अंक छ । काठमाडौं भने पाँच खेलमा १० अंकका साथ लिगको दोस्रो स्थानमा छ । समान अंक भएपनि हेड टु हेडका आधारमा धनगढी शिर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।