Logo जेठ ३०, २०७८ आइतबार


काेराेना कहर : सुस्तायो बागलुङको पर्यटन

बागलुङ । चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो। त्रिवेणीधामबाट शुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो।

झण्डै एक साताको यात्रामा निस्किएको समुहले एक दिन जिल्लामा बितायो। जिल्लाको कालिका मन्दिर, संसारकै लामो पुल, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका पर्यटकीय स्थलमा पुग्न समुहले छुटाएन। यही वैशाख ७ गते चैतेदशैंका दिन बागलुङ कालिका भगवतीको मन्दिरमा झण्डै १५ हजार दर्शनार्थी पुगेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताए। सोही दिन लामो पुल र पञ्चकोटमा पनि आन्तरिक पर्यटकको घुइँचो थियो। कोरोना महामारी सुरु भएको झण्डै एक वर्षपछि बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहलपहल शुरु भएको थियो।

चहलपहल सुरु भएको केही समयमै कोरोना महामारीको दोस्रो लहरले बागलुङका पर्यटकीय क्षेत्र पुनः सुस्ताएका छन्। दिनमै हजार बढी आन्तरिक पर्यटक पुग्ने पञ्चकोटमा अहिले कठिनले एक सयजना त्यहाँ पुग्छन्। लामो पुलमा ओहोरदोहोर गर्नेको संख्या निकै घटेको छभने बलेवाको बञ्जी र बलेवा कालभैरवको पुजाआजाका लागि पुग्नेहरू देखिनै छाडेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…