Logo असार १, २०७८ मंगलबार


रक्तसञ्चार केन्द्रमा रगतको अभाव

नवलपुर । नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।

कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएको उहाँले बताउनुभयो ।

“अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था छैन्, तर रगतको माग भने दैनिक रुपमा बढेको छ” सभापति न्यौपानेले भन्नुभयो– “बिरामीका लागि रगत पु¥याउन मुस्किल भएको छ ।”

रगतको अभाव हुँदा रगत आवश्यक पर्ने बिरामीलाई समस्या सिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ति सोही अनुपातमा नहुँदा समस्या भएको सभापति न्यौपानेले बताउनुभयो । कावासोतीको रक्त सञ्चार केन्द्रमा सङ्कलन भएको रगत, नवलपुरका अस्पतालदेखि चितवनका अस्पतालमा उपलब्ध गराउने गरिएको छ । अहिले कतैबाट रगतको माग भएमा दिने अवस्था नभएको उहाँले बताउनुभयो ।

अहिले रगतको माग हुँदा व्यक्तिगत रुपमा रक्तदातालाई सम्पर्क गरी व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनुभयो । कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दाताहरुलाई रगत दानका लागि बोलाउने गरिएको छ । समूहमा नभई एक÷एक जना गरेर रगतदानका लागि आह्वान गरिएको सभापति न्यौपानेले बताउनुभयो ।

व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर एक­एक जना मात्रै गरेर रक्तदान गर्न सकिने व्यवस्था गरिएको छ । उहाँका अनुसार निषेधाज्ञाका कारण रक्तदातालाई रक्तसञ्चार केन्द्रसम्म आउन असहज नहोस् भनेर सुरक्षा निकाय र प्रशासनसँग समेत समन्वय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…