Logo जेठ ३०, २०७८ आइतबार


यी हुन् संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएकाहरू

काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको हाे ।

बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले रासससँग कुरा गर्दै भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ, नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।” बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा जानुभएन ।

स्राेतका अनुसार, लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का पूर्व प्रमुख दिलीप रेग्मी, पूर्वआइजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगको सदस्यमा पूर्व सचिव वीरबहादुर राईको सिफारिस भएको जानकारी हुन आएको छ ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।