Logo असार १, २०७८ मंगलबार


विश्वभर १५ करोड ८९ लाखमा संक्रमण, १३ करोड ६४ लाखले जिते काेराेना

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ८९७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७६लाख ४२ हजार १८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १५ करोड ८९ लाख ५२ हजार ७९६ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ६४ लाख ७९ हजार ६२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

साेमवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ०६ हजार २२३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ७२० जनाको ज्यान गएको छ । ८८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ९४ हजार ६६७ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख २ हजार ७८७ भन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।